Logo

महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर, अब ५ करोडसम्मको कर्जा एकल अंकमै प्रवाह गर्ने

महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर, अब ५ करोडसम्मको कर्जा एकल अंकमै प्रवाह गर्ने



काठमाडौं । महालक्ष्मी विकास बैंकले अब एकल अंकमै कर्जा प्रवाह गर्ने भएको छ । कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा ९.९९ प्रतिशतमानै प्रदान गर्ने भएको छ ।

महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय÷व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधी रहने गरी ५ करोड सम्मको कर्जा प्रदान गर्नेछ ।

साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधी सम्मको लागि व्यवसायिक कर्जा प्रदान गर्नेछ ।

विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ । ग्राहकले यस अन्तर्गत ३ करोड सम्मको कर्जा लिन सक्नेछ्न । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्