Logo

प्रभु बैंकले एकै दिन संचालनमा ल्यायो ४ नयाँ शाखा, शाखा संख्या ३ सय १३ पुग्यो

प्रभु बैंकले एकै दिन संचालनमा ल्यायो ४ नयाँ शाखा, शाखा संख्या ३ सय १३ पुग्यो



काठमाडौं । प्रभु बैंकले एकै दिन ४ नयाँ शाखा कार्यालय संचालमा ल्याएको छ । बैंकले सोमबार बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा गरी ४ नयाँ शाखा संचालमा ल्याएको हो ।

उक्त शाखाहरुको उद्घाटन बैंकका संस्थापक अध्यक्ष माननिय देवी प्रकाश भट्टचनले गरेका हुन् । बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ ।

प्रभु बैंकको यस अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्