Logo

राष्ट्र बैंकका विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

राष्ट्र बैंकका विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रिय बैंकले कार्यकारी निर्देशक डा गुणाकर भट्टलगायतको जिम्मेवारी हेरफेर गरेको हो । जसअनुसार भुक्तानी प्रणाली विभागमा रहेका गुणकर भट्टले आर्थिक अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् । यसअघि उक्त विभागको जिम्मेवारी कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई दिईएको थियो । श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा नियुक्त भएसँगै उनको ठाउमा भट्टलाई लिईएको हो ।

यस्तै, भुक्तानी प्रणाली विभागमा भने विनोदराज आचार्यको सरुवा भएको छ। संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका निर्देशक आचार्यलाई सरुवा गरिएको गरिएको छ।

यस्तै मानव संसाधन व्यवस्थापन विभागका निर्देशक विनोदराज लेखकलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सुरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्