Logo

प्राइम बैंकले दियो २३ प्रतिशत बोनस सेयर, करको लागि १.२१ प्रतिशत नगद लाभांस

प्राइम बैंकले दियो २३ प्रतिशत बोनस सेयर, करको लागि १.२१ प्रतिशत नगद लाभांस


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना सेयर धनीलाई २३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको हिजो बसेको बैंठकले उक्त निर्णय गरेको हो ।

बोनस सेयरको सम्बन्धमा बैंकले आजैमात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी दिएको छ । साथै बैंकले बोनस सेयरको लागि लाग्ने कर वापत नगद लाभांस समेत दिने भएको छ । जसको लागि १ दशमलव २१ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ ।

बैंकले केही समयभित्रै उक्त बोनस सेयर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष प्रस्ताव पेश गर्ने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति पाउने वित्तिकै बैंकले साधारणसभामा पेश गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL