Logo

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई पोशाक उपलब्ध गराउन आर्थिक सहयोग

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई पोशाक उपलब्ध गराउन आर्थिक सहयोग



काठमाडौं । नेपाल एसबिआई बैंकले धनगढीमा मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरुलाई पोशाक उपलब्ध गराउने उद्देश्यले उक्त कोषमा आर्थिक सहयोग गरेको हो ।

कार्यक्रममा बैंकका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर, गोपाल हमाललाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रम बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी लगायत बैंकका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

बैंकले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उदेश्यका साथ शिक्षा क्षेत्रमा बारम्बार यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL