Logo

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहकलाई हवाई टिकटमा विशेष छुट

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहकलाई हवाई टिकटमा विशेष छुट



काठमाडौं । कुमारी बैंक लिमिटेड र बुद्ध एयरबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी)को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL