Logo

चेक अनादर भएकै कारण कालोसूचीमा नरहने, कालो सूचीसम्बन्धी निर्देशन पुनरावलोकन गरिँदै

चेक अनादर भएकै कारण कालोसूचीमा नरहने, कालो सूचीसम्बन्धी निर्देशन पुनरावलोकन गरिँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले अब चेक अनादर मात्रै भएको खण्डमा कुनै उद्योगी व्यवसायी कालोसूचीमा वा बैंक खाता रोक्का हुने व्यवस्था परिमार्जन गर्ने बताएको छ ।

शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गरिने बताएको ।

यसमा रहेको विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेसमेत राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि उद्योगी व्यवसायीहरुले कालोसुचीमा राख्ने प्रवृत्ति बढेको र यसले नेपालको निजी क्षेत्रलाई सबैभन्दा धेरै अप्ठ्यारो पारेको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL