Logo

बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएकालाई बीना धितो ऋण

बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएकालाई बीना धितो ऋण



काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएको नेपाली नागरिकलाई विनाधितो ऋण प्रवाह गर्ने व्यवस्था गरेको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक खातामा विप्रेषण पठाउने सुनिश्चित भएसँगै बिना धितो ऋण उपलब्ध गराउन सकिने बताएको हो ।

सरकारले चालु आर्थिक बर्षको बजेछ वक्तव्यमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख छ । सोही बुँदालाई मौद्रिक नीतिले पनि साथ दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL