Logo

लघुवित्तको ऋण तिर्न नसकेकालाई कर्जा पुनर्तालिकिकरणको व्यवस्था, अन्य सुविधा के छन् ?

लघुवित्तको ऋण तिर्न नसकेकालाई कर्जा पुनर्तालिकिकरणको व्यवस्था, अन्य सुविधा के छन् ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको ऋण तिर्न नसकिरहेका ग्राहकलाई सहजीकरणको वातावरण बनाईदिएको छ । शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो । यस्तै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरु तथा तीनका शाखाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने नीति पनि मौद्रिक नीतिमार्फत लिएको छ ।

लघुवित्त वित्तीय संस्थाको सेवासम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामकीय व्यवस्था गरिनेसमेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

लघुवित्तसम्बन्धी विभिन्न ६ व्यवस्थाहरु सार्वजनिक गर्दै राष्ट्र बैंकले लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिनेसमेत बताएको छ ।

कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइनेछ । यस बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुमा एनएफआरएस लागु गर्न आवश्यक व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL