Logo

ब्याजदर करिडोरको माथिल्लो सीमा घट्यो, निक्षेप संकलन दर यथावत

ब्याजदर करिडोरको माथिल्लो सीमा घट्यो, निक्षेप संकलन दर यथावत



काठमाडौं । ब्याजदर करिडोरको माथिल्लो सीमा घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडोरको ७ प्रतिशतको माथिल्लो सीमालाई घटाएर साढे ६ प्रतिशतमा झारेको हो ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । उनका अनुसार ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई भने यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्