काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा खारेज गरेको छ । यसअघि २० करोडसम्मको सीमा तोकिएको संस्थागततर्फको सेयर धितो कर्जाको सीमा मौद्रिक नीतिमार्फत खारेज गरिएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको सीमा खारेज गरिएको बताएका हुन् । व्यक्तिगततर्फ भने १५ करोडको सीमा यथावतै छ ।