काठमाडौं । एनएमबी बैंकले आफ्ना सेयर धनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।
बैंकले सो सम्बन्धमा आजै मात्र संचालक समितिलाई जानकारी गराएको छ । साथै बोनस सेयरमा लाग्ने कर वापतको रकमको लागि १ प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।
बैंकले उक्त बोनस सेयर स्वीकृतिको लागि केही समय भित्रै राष्ट्र बैंकमा पेश गर्ने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएर आएसँगै साधारण सभामा पेश गरिने जानकारी दिएको छ ।