Logo

सिटिजन्स बैंक र दूषित थानी हिमालयन रिसोर्टबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्षर

सिटिजन्स बैंक र दूषित थानी हिमालयन रिसोर्टबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्