Logo

कामना सेवा विकास बैंकको नाफामा छलाङ, ६७ प्रतिशत नाफा बढ्दा लाभांश क्षमता कति ?

कामना सेवा विकास बैंकको नाफामा छलाङ, ६७ प्रतिशत नाफा बढ्दा लाभांश क्षमता कति ?



काठमाडौं । कामना सेवा विकास बैंकको नाफा एक वर्षमा झन्डै ६७ प्रतिशत बढेको छ । बैंकले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०र८१ को चौंथो त्रैमासिक वित्तीय विवरणमा बैंकको अधिकांश सूचकहरुमा उल्लेख्य सुधार देखिएको छ ।

गत वर्ष बैंकले ६० करोड ३२ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा नाफा ६६.९३ प्रतिशत बढाएको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३६ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी दुई अर्ब १२ करोड ५२ लाख रुपैयाँ गरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा दुई अर्ब ६ करोड ७६ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको छ । र जगेडा कोषमा एक अर्ब ७५ करोड ७७ लाख रुपियाँ सञ्चित छ । यो अवधिमा बैंकको नन खराब कर्जा(एनपीएल) को अनुपात भने अघिल्लो वर्षभन्दा 0.२१ प्रतिशतले बढेर गत आवमा बढेर ३.२१ प्रतिशत पुगेको छ।

बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी बढेर १८.३८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ११.०१ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १६४.४८ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL