Logo

एभरेष्ट बैंकमा नयाँ सिइओ, कात्तिक १६ गतेदेखि कार्यभार सम्हाल्ने

एभरेष्ट बैंकमा नयाँ सिइओ, कात्तिक १६ गतेदेखि कार्यभार सम्हाल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले कात्तिक १६ गतेबाट लागू हुने गरी अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। एके आहलुवालियाको कार्यकाल सकिएपछि एभरेष्ट बैंकले नयाँ सिइओ नियुक्त गरेको हो ।

सेठ पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक हुन् । कार्यभार सम्हाल्नुअघि नै उनले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाललाई औपचारिक भेट गरिसकेका छन् ।

त्यस्तै आइतबारबाट बैंकको डेपुटी महाप्रबन्धकका रुपमा राजिव जैनले कार्यभार सम्हालेका छन्। उनी पनि पञ्जाव नेशनल बैंकका कर्मचारी हुन् ।
नयाँ प्रमुख कार्यकारी आएसँगै एभरेष्ट बैंकको पुँजी बृद्धि योजना अगाडि वढ्ने बताइएको छ । आगामी असार मसान्तभित्र ८ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्नेमा बैंकसँग अहिले जम्मा दुई अर्ब ७४ करोड रुपैयाँ मात्र छ ।

प्रतिक्रिया दिनुहोस्