Logo

महालक्ष्मी विकास बैंकको नयाँ सुविधा, अब क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिन

महालक्ष्मी विकास बैंकको नयाँ सुविधा, अब क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिन



काठमाडौं । महालक्ष्मी विकास बैंकले अब क्युआर कोडमार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप उक्त सेवाको सुरुवात गरेको हो । उक्त प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको जानकारी दिएको छ ।

उक्त सुविधाअन्तर्गत कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । ग्राहकले आवदेन गरे पश्चात ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL