Logo

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता, विपन्न महिलाको उपचार गर्न सहयोग उपलब्ध गराउने

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता, विपन्न महिलाको उपचार गर्न सहयोग उपलब्ध गराउने



काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र अन्तर्गत आगामी एक वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” खोले बापत बैंकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएकोे छ । सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ ।

पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ कार्यालय र १२४ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL