Logo

सिटिजन्स बैंकको घर कर्जा योजना सार्वजनिक : ८.९९ प्रतिशत ब्याजदर, ७ वर्षसम्म स्थिर रहने

सिटिजन्स बैंकको घर कर्जा योजना सार्वजनिक : ८.९९ प्रतिशत ब्याजदर, ७ वर्षसम्म स्थिर रहने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरू प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१/८२ को शुरुवात सँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ योजना ल्याएको हो ।

सात वर्षको लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रति वर्ष घर कर्जा योजना आज सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कायम रहेको ब्याजदर ७ वर्ष सम्म स्थिर रहने छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी गराए ।

यस आकर्षक योजनामा सहभागी हुनको लागी नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनि शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्नेछन् । यस घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL