Logo

सिटिजन्स बैंकको शाखा विस्तार : महाकाली, अमरगढी र दुल्लूमा शाखा सञ्चालनमा

सिटिजन्स बैंकको शाखा विस्तार : महाकाली, अमरगढी र दुल्लूमा शाखा सञ्चालनमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्ना थप तीन शाखाहरू सुदूरपश्चिम प्रदेशको अमरगढी (डडेल्धुरा) र महाकाली (दार्चुला) तथा कर्णाली प्रदेशको दुल्लू (दैलेख)मा ‎एकसाथ सञ्चालनमा ल्याएको छ ।

यो सँगै बैंकको १९७ वटा शाखाहरु सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १० शाखा पुगेका छन् ।

आज बैंकको मुख्य कार्यालयमा अयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्थानीय स्तरमा खोलिएका यी शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराएर आफ्ना ग्राहकहरुको मन जित्न निर्देशन समेत दिए । उनले आगामी दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा समेत सिटिजन्स बैंकको उपस्थिति रहने योजना रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL