Logo

एनएमबि बैंक र गुरु ट्राभल्सबीच व्यवसायिक कार्यका लागि सहकार्य, सम्झौतापत्रमा हस्ताक्षर

एनएमबि बैंक र गुरु ट्राभल्सबीच व्यवसायिक कार्यका लागि सहकार्य, सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरू ट्राभल्स लिमिटेड तथा एनएमबि बैंक बीच व्यवसायिक सहकार्य हुने भएको छ ।

उक्त कार्यका लागि एनएमबि बैंकको तर्फबाट प्रबन्धक एडीसी सेल्स निर्विक सापकोटा तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालक अधिकृत अनिल धरेलले मंगलबार आयोजित एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा उल्लेख भए अनुसार एनएमबि बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको विशेष छुटका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ ।

यसैगरी, गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा ५०० रुपैयाँ बराबरको विशेष छूटलगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने छन् । त्यस्तै सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरू पनि आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने सहमति पनि भएको छ ।

कार्यक्रममा एनएमबि बैंकको तर्फबाट बबरमहल शाखा प्रबन्धक सापकोटाले यस किसिमको सहकार्यमा जोडिन पाउँदा खुसी लागेको बताए । उनले गुरू ट्राभल्सका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL