Logo

कृषि विकास बैंकको हकप्रद आजबाट, हेर्नुहोस कहाँ–कहाँबाट भर्न सकिन्छ ?

कृषि विकास बैंकको हकप्रद आजबाट, हेर्नुहोस कहाँ–कहाँबाट भर्न सकिन्छ ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कृषि विकास बैंकको हकप्रद सेयर आजबाट खुला भएको छ । बैंकले आफ्ना सेयर धनीलाई निकालेको ५० प्रतिशत हकप्रद सेयर आजबाट भर्न सकिने छ ।

जस अनुसार बैंकले १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । १०० कित्ता सेयर हुनेले प्रति कित्ता १ सय रुपैयाँका दरले ५० कित्ता हकप्रद सेयर भर्न सक्नेछन् । साथै उक्त हकप्रद आजदेखि ३ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकद्वारा जारी सुचनामा उल्लेख छ ।

कृषि बिकास बैंकको बिभिन्न कार्यालय सहित एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेडबाट हकप्रद सेयरमा आवेदन दिन सकिने जनाईएको छ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ रहेको छ । बैंकले त्यसको ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो । हकप्रद निष्काशनसँगै बैंकको चुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL