Logo

एभरेस्ट बैंकको बाइसौं वार्षिकोत्सव, निशुल्क स्वास्थ्य शिविर

एभरेस्ट बैंकको बाइसौं वार्षिकोत्सव, निशुल्क स्वास्थ्य शिविर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो बाइसौं वार्षिकोत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले कात्तिक १ गते आफ्नो मुख्य कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा २ सय ५० व्यक्तिले ग्रयाण्ड अस्पतालका चिकित्सक टोलिबाट परामर्श तथा उपचार पाएका छन् । शिविरमा ईएनटि, दन्त चिकित्सा, ग्यास्त्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडिक लगायतका सेवाहरू उपलव्ध थिए । विभिन्न स्वास्थ्य समस्याहरुको प्रारम्भिक निदान बारेमा चिकित्सक टोलिले सम्बन्धित सतर्कता र समाधान बारे प्रस्तुत गरेका थिए ।

एभरेस्ट बैंक सधैं आफ्नो सामाजिक जिम्मेवारी प्रति सजग रहेको र कम्पनीले आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारीको एक भागको रूपमा अशक्त, गरिव र प्राकृतिक प्रकोपबाट पिडित भएकाहरूलाई मुख्य रूपमा स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL