Logo

बचतपत्र खरिद गरेर सावाँ र ब्याज लिनै गएनन् लगानीकर्ता, भुक्तानी लैजान राष्ट्र बैंकको आग्रह

बचतपत्र खरिद गरेर सावाँ र ब्याज लिनै गएनन् लगानीकर्ता, भुक्तानी लैजान राष्ट्र बैंकको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेका विभिन्न बचतपत्रमा लगानी गरेका लगानीकर्ताले परिपक्व भईसक्दा पनि सावाँ र ब्याज लिन आनाकानी गरेकाे पाइएकाे छ । नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका बचतपत्र धनीहरुले चालु आवमा परिपक्व भईसकेका कतिपय भुक्तानी नलिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसरी बचतपत्र धनीहरुलाई परिपक्व भएको सावाँ तथा आर्जित ब्याज रकम भुक्तानी लिन राष्ट्र बैंकले सार्वजनिक सूचना गरी गर्दै अनुरोध गरेको छ । ‘कतिपय धनीहरुले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकोले यथाशिघ्र भुक्तानी लिनुहुन सम्बन्धित सबै बचतपत्र धनीलाई अनुरोध छ’, सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्