Logo

सेञ्चुरीले अरनिको डेभलपमेन्ट बैंक किन्ने, चुक्ता पूँजी ५ अर्ब माथी पुग्ने

सेञ्चुरीले अरनिको डेभलपमेन्ट बैंक किन्ने, चुक्ता पूँजी ५ अर्ब माथी पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अरनिको डेभलपमेन्ट बैंक खरिद गर्ने भएको छ । उक्त संस्था प्राप्ती गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । साथै बैंकले २०७३ माघ महिनाभित्र खरिद सम्बन्धी कार्य सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको छ ।

हाल सेञ्चुरी बैंकका चुक्ता पूँजी २ अर्ब ८४ अर्ब रहेको छ । साथै हालैमात्र बैंकले ८५ करोड रुपैयाँको हकप्रद सेयर जारी गरेको छ । बैंकले २०७३ असोज ३० गतेसम्म ३१ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले २९ करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । अरनिको प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा माथी पुग्ने छ । त्यसैगरी इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तीपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्ने छ । साथै बैंकले प्राप्ती, हकप्रद तथा मुनाफा आर्जनबाट ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्