Logo

सिभिलले शुरु गर्यो एकिकृत कारोबार, शाखा संख्या ५१ पुग्यो

सिभिलले शुरु गर्यो एकिकृत कारोबार, शाखा संख्या ५१ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिभिल बैकले सोमबारदेखि एकिकृत कारोबार सुरु गरेको छ । बैंकले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी गाभेर कारोवार शुरु गरेको हो ।

मर्जरपछि नयाँ बैंक सिभिलकै नामबाट सञ्चालनमा आएको छ । मर्जरसँगै नयाँ बैंकको शाखा संख्या ५१ पुगेको छ । मर्जरपछि सिभिल बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनमा कुनै पनि परिवर्तन गरिएको छैन ।

बैंकले युनिक फाइनान्स र हामा मर्चन्टलाई पनि खरीद गर्दैछ । जसपश्चात दुई संस्था पनि मिसाएपछि सिभिलको चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी ८ अर्ब पुर्याउन वोनस तथा हकप्रद सेयर जारी गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्