Logo

प्रभु बैंक र होटल हिमालयबीच सम्झौता बैंकका ग्राहक र कर्मचारीलाई होटलका सेवामा बिशेष छुट

प्रभु बैंक र होटल हिमालयबीच सम्झौता बैंकका ग्राहक र कर्मचारीलाई होटलका सेवामा बिशेष छुट



काठमाडौं । प्रभु बैंक र ललितपुरस्थित होटल हिमालयबीच सम्झौता भएको छ । बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई होटलका विभिन्न सेवामा विशेष छुट दिने गरी उक्त सम्झौता भएको हो ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको शहर हो । कृष्ण मन्दिर,पाटन दरवार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकिय क्षेत्रको अवलोकन गर्न यस शहरमा देश तथा विदेशबाट पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्