Logo

सानिमाको ४५ प्रतिशत सेयर स्वीकृत, ३० प्रतिशत हकप्रद र १५ प्रतिशत बोनस

सानिमाको ४५ प्रतिशत सेयर स्वीकृत, ३० प्रतिशत हकप्रद र १५ प्रतिशत बोनस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैंकको साधारणसभाले हकप्रद र बोनस सेयरको प्रस्ताव स्वीकृति गरेको छ । जस अनुसार सानिमाको सेयर धनीले १५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर पाउने भएका छन् । जसका लागि शुन्य दशमलब ७९ प्रतिशत नगद लाभांश पनि स्वीकृत गरेको छ ।

बंैकको साधारणसभाले अधिकृत पूँजी बृद्घि गरी ९ अर्ब रुपैयाँ तथा चुक्ता पूँजी ६ अर्ब ९० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्व रुपैयाँ खुद मुनाफा कमाएको थियो । बैंकले हालसम्म ४६ अर्व ३४ करोड रुपैयाँ निक्षेप छ भने ४० अर्व ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL