काठमाडौं । सनराइज बैंकले बिराटनगर विमानस्थलमा एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनगरका कार्यालय प्रमुख सुरेशमान सिंहले उद्घाटन गरेका हुन् ।
हाल बैंकले मुलुकभर आफ््नो ६७ वटा शाखा, ७१ वटा एटिएम, १० वटा शाखारहित बैंकिङ सेवा र २ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।