Logo

लक्ष्मी सनराइजले गर्यो ललितपुरमा सेवा विस्तार, न्युरोडको शाखा नखिपाेटमा स्थानान्तरण

लक्ष्मी सनराइजले गर्यो ललितपुरमा सेवा विस्तार, न्युरोडको शाखा नखिपाेटमा स्थानान्तरण



काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नं.२२ स्थित न्युरोडमा रहेका २ शाखाहरु मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा नं. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने भएका छन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरु प्रदान गर्नेछ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २ सय ५४ शाखा, ३ सय १६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १ सय २८ शाखारहित बैँकिङ एजेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्