Logo

आगामी मौद्रिक नीति पनि लचिलो नहुने गभर्नर अधिकारीको संकेत, भने–मुद्रास्फीति सहज हुँदा मौद्रिक नीति कसिलो हुनुपर्छ

आगामी मौद्रिक नीति पनि लचिलो नहुने गभर्नर अधिकारीको संकेत, भने–मुद्रास्फीति सहज हुँदा मौद्रिक नीति कसिलो हुनुपर्छ



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति सहज हुँदा मौद्रिक नीतिमा कडाई गर्नुपर्ने बताएका छन् । यसअघि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लचकता अपनाउन लागेका कुराहरु बाहिरिएपनि उनले मौद्रिक नीति कडा हुनसक्ने संकेत दिएका हुन् । पछिल्लो समय नेपालको मुद्रास्फीति ओरालो लाग्दो क्रममा छ । राष्ट्र बैंककै तथ्यांकलाई आधार मान्दा पनि हाल बार्षिक मुद्रास्फीति ४.४० प्रतिशत छ ।

मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पूर्व मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा उनले हालसम्म केन्द्रिय बैंकले प्रकाशित गरेका विभिन्न तथ्यांकीय प्रतिवेदनहरुले पनि अबको मौद्रिक नीति कस्तो आउने भन्ने रुपरेखा देखाईसकेकाले सोही अनुसारको नीति अवलम्बन गरिने बताएका हुन् ।

उनले मौद्रिक नीतिका पनि सीमा भएकाले उद्योगी व्यवसायी र निजी क्षेत्रले राखेका हरेक सानासाना मागहरु पनि सम्बोधन गर्न असम्भव नहुने बताए । उद्योगी व्यवसायीहरुले आफुअनुकुल मौद्रिक नीतिमा मागहरु सम्बोधन हुने आशा राखेपनि कतिपय कुरामा त्यो माग सम्बोधन नहुनसक्ने पनि उनले प्रष्ट्याएका छन् ।

उनले बैंकहरुले कर्जा दिँदा कमिशन लिएको कुरालाई राष्ट्र बैंकले नस्विकार्ने बताउँदै कुनै बैंकले त्यस्तो कमिशन लिएको भए तत्काल कारबाहीको भागिदार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL