Logo

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य बन्यो, जलवायुमैत्री बन्ने प्रतिबद्धता

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य बन्यो, जलवायुमैत्री बन्ने प्रतिबद्धता



काठमाडौँ । एनआईसी एशिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) को सदस्य बनेको छ । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो जसले ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्दछ ।

पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया-प्रशान्त क्षेत्रका ४८० भन्दा बढी वित्तीय संस्थाहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ । पिसिएएफसँग पङ्क्तिबद्ध भएर एनआईएसी एशिया बैंकले आफ्नो कार्बन फुटप्रिन्टहरूको पारदर्शी मूल्याङ्कन मार्फत वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धतालाई जोड दिएको छ ।

‘विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ सरिरहेको बेला एनआईसी एशिया बैंक पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र प्रतिवेदन दिने तथा दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी रूपान्तरणसँगै जलवायु मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध रहेको छ ।’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

एनआईसी एशिया बैंक देशका सबै प्रमुख वित्तीय केन्द्रहरू समेट्ने बृहत नेटवर्कको साथ नेपालको सबैभन्दा ठूलो बैंकिङ संस्थाहरू मध्ये एक हो । हाल बैंकले ३६० वटा शाखा कार्यालय, ६७१ एटिएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ्ग ईकाई संचालन गर्दै आएको छ ।

एनआईसी एशिया बैंकले बैंकिङ सेवा सीमित रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला र सल्यान जस्ता नेपालका ग्रामीण जिल्लाहरूमा आफ्नो सेवा विस्तार गरेको छ । उल्लेखनीय रूपमा, बैंकले देशको ८० प्रतिशतभन्दा बढी जनसंख्या बसोबास गर्ने ग्रामीण र अर्ध-शहरी क्षेत्रमा आफ्ना ७२ प्रतिशत शाखाहरू सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL