Logo

जाजरकोटको खलंगामा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०७ पुग्यो

जाजरकोटको खलंगामा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०७ पुग्यो



काठमाडौं । प्रभु बैंकले जाजरकोटको भेरी नगरपालिकास्थित खलंगामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नाे ३०७ औं शाखा कार्यालय संचालनमा ल्याएको हो ।

प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंक लिको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको जाजरकोट शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL