Logo

प्रभु बैंकको दुई नयाँ एकै दिन शाखा स्थापना, मंगलवारदेखि सेवा शुरु

प्रभु बैंकको दुई नयाँ एकै दिन शाखा स्थापना, मंगलवारदेखि सेवा शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रभु बैंकको मंगलवार एकै दिन दुई नयाँ शाखा स्थापना भएको छ । बैंकको रामेछापको मन्थली र रौतहटको चन्द«निगाहपुरमा शाखा स्थपना भएको हो ।

बैंकको मन्थली शाखा कार्यालय रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र चन्द्रनिगाहपुर शाखा कार्यालय रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले छुट्टा छुट्टै समारोहवीच उद्दघाटन गरे ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्य खाडिचौर र बीरगंज शाखा कार्यालयलाई मन्थली र चन्द्रनिगाहपुरमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्