Logo

प्रभु बैंक र बन्दिपुरका ९ होटल तथा रेष्टुरेण्टबीच सम्झौता, बैंकका ग्राहकलाई होटल रेस्टुरेण्टमा विशेष छुट

प्रभु बैंक र बन्दिपुरका ९ होटल तथा रेष्टुरेण्टबीच सम्झौता, बैंकका ग्राहकलाई होटल रेस्टुरेण्टमा विशेष छुट



काठमाडौं । प्रभु बैंक र पर्यटकीय बन्दिपुरस्थित विभिन्न ९ होटल तथा रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई सम्झौता गरिएका होटल रेस्टुरेन्टमा विशेष छुट हुनेगरी उक्त सम्झौता गरिएको हो ।

बैंकले बन्दिपुर ईको होटल प्रा.लि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लज बिचमा प्रभु बैंक लिमिटेडद्घारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

गत जेठ १५ गते छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा बन्दिपुर ईको होटल प्रा.लि को तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टका प्रोपाइटर संगिता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रा.लि.का निर्देशक बिश्व प्रकाश सुल्पले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस्तै हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटल तिनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पियाले सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्रहरुमा र प्रभु बैंक लिमिटेडका तर्फबाट डुम्रे शाखाका शाखा ईन्चार्ज बिटु माया बस्नेतले हस्ताक्षर गरेकी थिईन् ।

सम्झौता अनुसार प्रभु बैंक लि.का ग्राहकबर्गहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटल तथा रेष्टुरेण्ट मा उपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवा हरुमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ

प्रतिक्रिया दिनुहोस्
MBL