Logo

सिद्धार्थ बैंकद्वारा नेपालमै पहिलो पटक ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा

सिद्धार्थ बैंकद्वारा नेपालमै पहिलो पटक ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा



काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, संञ्चारकर्मीका साथै बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी यस योजनालाई सार्वजनिक गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद र मोबाइल बैकिङ्गबाट गरेको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्नेछन् । यसरी आर्जन गर्नुभएको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ ।

सिद्धार्थ रिवार्डस सार्वजनिक गर्ने क्रममा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले स्वागत मन्तव्य प्रस्तुत गर्दै बैंकको यस सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायकोसुरुवात गरी ग्राहकहरूको बैंकिङ्ग अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुर्याउने धारणा व्यक्त गरे ।

साथै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्राहकहरुको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखी कसरी पृथक एवं नवीनतम सेवा प्रदान गर्न सकिन्छ भन्नेमा बैंक सदैव केन्द्रित रहेको जानकारी दिए ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा ग्राहकमैत्री सेवाहरु ल्याउँदै आएको छ भने आगामी दिनहरुमा पनि विभिन्न प्रविधि मैत्री सेवा तथा सुविधा सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL