Logo

शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा विशेष छुट

शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा विशेष छुट



काठमाडौं । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो ।

एक समारोहमा शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरका प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंकका तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमति प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्डप्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि मा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५% छुट, इन–हाउस स्पेशलाइजेशनमा २०% छुट, आउटसोर्समा १०% छुट र एक्स–रेमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL