Logo

मुगुको गमगढीमा प्रभु बैंकको ३०६ औँ शाखा सञ्चालनमा

मुगुको गमगढीमा प्रभु बैंकको ३०६ औँ शाखा सञ्चालनमा



काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय मुगुको छायानाथ रारा नगरपालिकास्थित गमगढीमा संचालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि संचालनमा आउनेगरी उक्त ३ सय ६ औं शाखा कार्यालय उद्घाटन गरेको हो ।

बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको गमगढि शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्