Logo

पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या २८८ पुग्यो

पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या २८८ पुग्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका ४, तामाघाटमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो २ सय ८८ औं शाखा कार्यालय संचालनमा ल्याएको हो ।

हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २ सय ८८ शाखा कार्यालय, ३ सय ५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा विना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL