काठमाडौं । अब नेपाल राष्ट्र बैंकले सरकारी ऋणपत्र निष्काशन लगायतका कामहरु नगर्ने भएको छ । केन्द्रिय बैंकले सोमबार एक सूचना जारी गर्दै अब असार १ देखि सरकारी ऋणपत्रको निष्काशन, नामसारी, भुक्तानी र शोधभर्ना लगायतको सम्पूर्ण कार्य आफुले नगर्ने जानकारी दिएको हो । सोमबार जारी गरिएको सूचना अनुसार अब यस्तो काम अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयय मार्फत् हुने बताईएको छ ।
साथै, जेठ मसान्तसम्म परिपक्व भएका विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको साँवा र सो मितिसम्म आर्जित ब्याजको सोधभर्ना मात्र विभागले उपलब्ध गराउने समेत सूचनामा उल्लेख छ ।