Logo

नेपाल बैंकले ल्यायो ऋणीका लागि ब्याज छुट योजना, असार मसान्तसम्म लागु हुने

नेपाल बैंकले ल्यायो ऋणीका लागि ब्याज छुट योजना, असार मसान्तसम्म लागु हुने



काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेको छ । बैंकबाट कर्जा उपभोग गरि वि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाखसम्मका खराब तथा अपलेखन कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा ल्याइएको हो ।

२०७६ साल वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

विशेष व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयहरूमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिन सक्छन् । यो व्याज छुट योजना यही असार मसान्तसम्म मात्र लागु हुनेछ । बैंकका प्रवक्ता होमबहादुर खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्