काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने गरी बैंक र उक्त संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।