Logo

बझाङको चैनपुरमा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०४ पुग्यो

बझाङको चैनपुरमा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०४ पुग्यो



काठमाडौं । प्रभु बैंक लिमिटेडले बझाङको चैनपुरमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०२/३२ देखि जयपृथ्वी नगरपालिका,वडा नं.१० बझाङस्थित चैनपुरमा आप्mनो ३ सय ४ औं शाखा कार्यालयको उद्घाटन गरेको हो ।

प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । प्रभु बैंक लि.को यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको चैनपुर शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL