Logo

अधिकांस वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कसको कति ?

अधिकांस वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कसको कति ?



काठमाडौं । असार महिनाका लागि अधिकांस वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । हालसम्म असारका लागि व्याजदर सार्वजनिक गरेका बैंकहरुको व्यक्तिगत मुद्दति खाताका लागि औसत ब्याजदर ६.८६ प्रतिशत पुगेको छ । यसअघि बैंकहरुले जेठका लागि औसत ब्याजदर ७ प्रतिशत तोकेका थिए ।

असारका लागि सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई बैंकले घटाएको छ । बैंकले यसअघि जेठमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ७.५० प्रतिशत तोकेकोमा असारका लागि १ प्रतिशतले घटाउँदै ६.५० प्रतिशत तोकेको छ । यस्तै दोस्रोमा भने एभरेष्ट बैंक रहको छ ।

यसअघि जेठमा व्यक्तिगत मुद्दतिका लागि ६.५० प्रतिशत ब्याज दिईरहेको एभरेष्ट बैंकले असारमा ०.७५ प्रतिशतले घटाएर ५.७५ प्रतिशत पुर्याएको हो । यस्तै असारका लागि भन्दै कुमारी बैंकले ०.७० प्रतिशत, लक्ष्मी सनराइजले ०.५० प्रतिशत, प्राइम कमर्शियल बैंकले ०.२५ प्रतिशतले सानिमा बैंकले ०.२० प्रतिशतले र राष्ट्रिय वाणिज्य बैंकले ०.१८ प्रतिशतले ब्याजदर घटाएका हुन् ।

यस्तै असारका लागि एनएमबी र एनआइसी एशिया बैंकले समान ०.११ प्रतिशतले, सिटिजन्स बैंकले ०.१० प्रतिशतले र नेपाल एसबीआई बैंकले ०.०९ प्रतिशतले मुद्धती निक्षेपको ब्याजदर घटाएका छन् ।

यसरी असारका लागि ११ बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाउँदा हिमालयन, माछापुच्छ्रे र नबिल गरी ३ बैंकले असारका लागि मुद्दति निक्षेपको ब्याजदर बढाएका छन् । यस्तै असारका लागि जेठकै बराबर अर्थात स्थिर ब्याजदर राख्नेमा प्रभु, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL