Logo

सिटिजन्स बैंकद्वारा भुकम्प पिडितलाई सहज अनुदान वितरण शुरु, ४४ सयले खोले खाता

सिटिजन्स बैंकद्वारा भुकम्प पिडितलाई सहज अनुदान वितरण शुरु, ४४ सयले खोले खाता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले भुकम्प पिडितहरुलाई सहज रुपमा अनुदान प्रदान गर्न शुरु गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम वितरण गर्ने सम्झौता भए बमोजिम बैंकले अनुदान वितरण शुरु गरेको हो ।

बैंकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको लाभग्राहीहरुको खाता खोलि जिल्ला विकास समितिद्वारा पठाईएको रकम सम्बन्धित लाभग्राहीहरुको खातामा जम्मा गरिसकेको जानकारी गराउदछौ ।

प्राधिकरण प्राप्त विवरण अनुसार बैंकमा ४ हजार ४ सय ७२ जना लाभग्राहीले खाता खोलेका छन् । जसका लागि बैंकले ३ हजार ६ सय ९१ जना लाभग्राहीको लागि १८ करोड ४५ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

जसमध्ये २ हजार ३ सय ८१ जना लाभग्राहीले बैंकबाट रकम लिइसकेको र बाँकी १ हजार ३ सय १० जना लाभग्राहीलाई पनि यथासिघ्र खाता सक्रिय गराउने बैंकले जानकारी दिएको छ । साथै रकम प्राप्त गरेको सम्पूर्ण लाभग्राही मध्ये २ सय १५ जना लाभग्राहीहरुको विवरण अपूर्ण रहेकोले त्यस्ता लाभग्राहीहरुको खाता खोल्न बैंक असमर्थ रहेको समेत जानकारी दिएको छ । सोका लागि लाभग्राहीको पूर्ण विवरण उपलब्ध गराइदिन समेत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

बैंकले भूकम्प प्रभावित जिल्ला दोलखाको भिमेश्वर नगरपालिका, काभ्रेको बनेपा नगरपालिका र मकवानपुरको हेटौडामा रहेको शाखाबाट निजी आवास अनुदान वितरण सम्बन्धी कार्यविधि परिपालना गर्दै अनुदान रकम वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL