Logo

यसरी साट्न सकिन्छ दशैका लागि नयाँ नोट, टोकन लिएपछि लाइन वस्नु पर्दैन

यसरी साट्न सकिन्छ दशैका लागि नयाँ नोट, टोकन लिएपछि लाइन वस्नु पर्दैन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न थालेको छ । दशैका लागि सार्वसाधारणलाई सहज रुपमा नयाँ नोट उपलब्ध गराउने उद्देश्य अनुरुप राष्ट्र बैंकले यस पटक टोकन प्रणालीबाट नयाँ नोट वितरण शुरु गरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

जसका लागि राष्ट्र बैंकले विहान १० बजेदेखि २ बजेसम्म नम्बर अनुसारको टोकन बाड्ने छ । सोही नम्बर अनुसार नयाँ नोट राष्ट्र सकिने पण्डितले जानकारी दिए । यस अघि लाइनमा बाड्न झगडा पर्ने गरेकाले त्यसलाई व्यवस्थित गर्न बैंकले टोकन प्रणाली लागू गरेको हो ।

राष्ट्र बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय र वाहिरका क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण सुरु गरेको छ । टोकन प्रणालीले गर्दा यस पटक भने सहज रुपमा नयाँ नोट वितरण गर्न सकिने बैंकको दावी छ ।

राष्ट्र बैंकले एक जनालाई ३७ हजार रुपैयाँसम्मका नयाँ नोट वितरण गर्ने छ । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँका २÷२ बण्डल नोट दिने छ । सर्वसाधारणले आजदेखि २१ गतेसम्म राष्ट्र बैंकबाट नयाँ नोट सटही गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL