Logo

ग्लोवल आईएमईले रिलायवल डेभलपमेन्ट बैंकलाई खरिद गर्दै, चुक्ता पूँजी ८ अर्व पुग्ने

ग्लोवल आईएमईले रिलायवल डेभलपमेन्ट बैंकलाई खरिद गर्दै, चुक्ता पूँजी ८ अर्व पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने भएको छ । शुक्रवार एक कार्यक्रमवीच एक कार्यक्रमवीच समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरे ।

दुवै बैंकविच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाहि ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको कुल चुक्ता पूजिँ रु.७८ करोड ८५ लाख रहेको छ । रिलायबललाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी रु. ८ अर्व भन्दा बढी पुग्ने बताइएको छ ।

साथै कुल निक्षेप रु.८८ अर्व, कर्जा लगानी रु. ७४ अर्व र १ सय ११ वटा शाखा कार्यालय पुग्नेछन् । एक्विजिसन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुजी रु. ८ अर्व पुग्ने यो बैक दोस्रो हुनेछ । बैंकले यसअघि प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति गरी एक्विजिसनको प्रकृयामा छ ।

यस अघि साविक कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ ।

रिलायबल फाइनान्स,शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंकसँग मर्जर भै रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन पछि १०वटा बैंक वित्तीय संस्था मर्जर भै बनेको पहिलो बैंक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्