Logo

प्रभु मनि ट्रान्सफर र जनसेवी लघुवित्तवीच सम्झौता, सवै शाखावाट प्रभुको रेमिटेन्स सेवा

प्रभु मनि ट्रान्सफर र जनसेवी लघुवित्तवीच सम्झौता, सवै शाखावाट प्रभुको रेमिटेन्स सेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रभु मनि ट्रान्स्फर प्रालि र जनसेवी लघुवित्त वित्तिय सस्थालि बिच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु मनि ट्रान्स्फरका नायब महाप्रवन्धक रामेश्वर सापकोटा र जनसेवी लघुवित्तका अध्यक्ष विकाश गौचनले हस्ताक्षर गरे ।

पर्वतको कुश्मा ९, मेलमीलाप चोकमा प्रधान कार्यलय रहेको लघुवित्तको विभिन्न १० पर्वत,बाग्लुङ्ग,म्याग्दी,गुल्मी,रोल्पा,रुकुम,कास्की,तनहु,लमजुङ र गोरखाा जिल्लाको स्विकृति रहेको छ ।

सम्झौता पश्चात लघुवित्तका सवै शाखाहरु वाट प्रभु मनि ट्रान्स्फरको रेमिटेन्स सेवा दिने भएको छ । आगामी दशैसम्ममा सेवा सञ्चालनमा ल्याईने बैंकको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्