Logo

सावित्रा भण्डारी कृषि विकास बैंकको सद्‌भावना दूत नियुक्त, वर्षको ८ लाख रुपैयाँ दिने

सावित्रा भण्डारी कृषि विकास बैंकको सद्‌भावना दूत नियुक्त, वर्षको ८ लाख रुपैयाँ दिने



काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्‌भावना दूत नियुक्त भएका छन् ।

बैंकले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साम्बालाई सद्‌भावना दूत नियुक्त गरेको जनाएको हो । वर्षको ८ लाख रुपैयाँ ट्रेनिङ किट दिनेगरी एक वर्षको सम्झौता भएको हो ।

सम्झौताअनुसार साम्बा १ वर्षका लागि बैकको ब्रान्ड एम्बेसडरका रूपमा रहनेछिन र सम्झौताबापत साम्बाले बैंकको प्रचारमा सहयोग गर्नेछिन् ।

सम्झौतापत्रमा बैंकका मार्केटिङ एण्ड सेल्स डिपार्टमेन्टका हेड यज्ञप्रसाद न्यौपाने र साम्बाले हस्ताक्षर गरे । सम्झौताअनुसार साम्बा एक वर्षका लागि बैंकको ब्रान्ड एम्बेसडरका रुपमा रहने छिन् । उनले बैंकको प्रचारमा सहयोग गर्नेछिन् । बैकका सीईयो गोविन्द गुरुङले सफलतालाई संघर्ष र अभावले कहिल्यै नरोक्ने बताउँदै उनको लगावले नै यो सफलता पाउन सम्भव भएको बताए ।

उनले गाउँको बारीमा फुटबल खेलेर अन्तर्राष्ट्रियस्तरसम्म पुग्नु सानो कुरा नभएको बताए । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले यो सम्झौताले महिला फुटबलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साम्बाले सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता समेत रहेकी साम्बाले ५१ खेलमा ५३ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL