काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसायमा वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआइडीसँग सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत युएसएआइडी ट्रेड एन्ड कम्पिटिटीभनेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योगहरुमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १० हजार नयाँ एसएमईजलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तिय सहयोग गर्ने छ ।