Logo

प्रभु बैंक र हेयर एण्ड शान्तिबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई सौन्दर्य सेवामा छुट

प्रभु बैंक र हेयर एण्ड शान्तिबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई सौन्दर्य सेवामा छुट



काठमाडौं । प्रभु बैंक र कमलादीस्थिन हेयर एण्ड शान्तिबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौन्द्रर्य सम्बन्धि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लिका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोÈ सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापा को समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्ड शान्तिमा माथि उल्लेखित सौेन्द्रर्य सम्बन्धि सेवा लिँदा (थ्रेड्रिङ्ग बाहेक) ग्राहकहरुलाई १०∞ र कर्मचारीहरुलाई ३०∞ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्